राँगो हस्तान्तरण कार्यक्रममा सरिक हुँदै सांसद ओमबहादुर ग्लान, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहितका नेताहरु ।

मनहरी–नेपाल कम्युनिष्ट पार्टी राक्सिराङ गाउँ कमिटीको संयोजनमा भीमफेदीस्थित क्षेत्रीय कारागारमा रहेका कैदीबन्दीहरुका लागि दुई वटा राँगो हस्तान्तरण भएको छ ।

दीपावलीका बेला कारागारभित्र पनि चाडपर्वहरुको अनुभूति होस् भन्ने हेतुले राँगो उपहार दिइएको राक्सिराङ गाउँपालिकास्थित नेकपाका अध्यक्ष हस्तबहादुर मुक्तानले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा प्रदेश नं ३ का सदस्य ओमबहादुर ग्लान (प्रदीप), पूर्व संविधानसभा सदस्य गोविन्दराम चेपाङ, कैलाश गाउँपालिका उपाध्यक्ष टंकबहादुर मुक्तान, राक्सिराङ ३ नं वडाध्यक्ष बाबुलाल स्याङ्तान, ६ नं वडाध्यक्ष सिंगलाल चेपाङ, कार्यपालिका सदस्य सिमोन सुनार, नेकपा जिल्ला सचिवालय सदस्य बनस्तम थिङ, नेकपा राक्सिराङका सचिव ओम स्याङ्तानसहितका युवाहरु सहभागी थिए ।

कैदीबन्दीहरुले बिजयादशमी सुरु हुनुअघि नै मासुजन्य व्यवस्थापनका लागि स्थानीय तह र सहयोगी दाताहरुलाई पत्राचार गरी खसी र राँगाहरु माग गरेका थिए । सोही बमोजिम दीपावलीको पूर्वसन्ध्यामा राँगा दिइएको नेकपा राक्सिराङका अध्यक्ष हस्तबहादुर मुक्तानले बताउनुभयो । कारागारमा रहेका नक्कलबहादुर गोले (बिजय) र सुरेश मुक्तानलाई राँगाहरु हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण कार्यक्रममा बिप्लव नेकपाका मकवानपुर जिल्ला इन्चार्ज बीरबहादुर घलान (ज्वाला) समेत सहभागी हुनु भएको थियो । उहाँ केही महिनादेखि भीमफेदी कारागारमा हुनुहुन्छ ।
यसअघि राक्सिराङ गाउँपालिकाको तर्फबाट पनि भीमफेदी कारागारका कैदीबन्दीहरुका लागि खसी प्रदान भएको थियो । प्रतिबन्धित लागूऔषध गाँजाको कारोबारका क्रममा राक्सिराङ, कैलाश र मनहरीका दर्जनौ मानिसहरु भीमफेदी कारागारमा जेल जीवन बिताइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here