जुम्लाबाट हेटौडा ल्याइएका स्याउ बिक्रीको तयारीमा ।

हेटौँडा-उच्च हिमाली भेगमा उत्पादन भएको जुम्ली स्याउले हेटौँडा बजारमा राम्रो बजार पाएको छ । यस बर्षदेखि चाडपर्वहरुका अबसरमा हेटौँडास्थित शर्मा सप्लायर्सले अनलाइनमार्फत जुम्ली स्याउ तथा ओखरको बिक्री गरेको जनाएको छ ।

जुम्लाका किसानहरुसँग सीधै सम्पर्क गरी हेटौँडा भित्र्याइएको स्याउले चिनियाँ र भारतीय स्याउको बजारलाई धक्का दिएको शर्मा सप्लायर्सकी प्रोप्राइटर साधना खनालले बताउनुभयो । उहाँका अनुसार बिजयादशमी र दीपावलीमा गरी सप्लायर्सले डेढ टन स्याउ अनलाइनमार्फत बिक्री गरिसक्नेछ । सप्लायर्सले नेपाली जुम्ली स्याउ बिदेशी स्याउको तुलनामा सस्तो मूल्यमा बिक्री गरेको र घरदैलो सेवा समेत दिएको जनाएको छ ।

उपभोक्ताले पनि उच्च हिमाली भेगमा बिषादीको प्रयोग नगरीकन उत्पादन भएका स्याउ मन पराएको सप्लायर्सले जनाएको छ । सप्लायर्सले दीपावलीको अबसरमा जुम्ली स्याउ, ओखर, सिमी र मार्सी चामलको समेत बिक्री गर्ने तयारी गरेको छ । ‘जुम्ली उत्पादनलाई हेटौँडामा बिक्री गर्दा माग थेग्न समेत समस्या भएको छ’, खनालले भन्नुभयो–‘चाडपर्वमा मात्र ल्याइएको जुम्ली उत्पादनहरुलाई अब हेटौँडामा १२ महिना उपलब्ध गराउने व्यवस्था गर्न लागेका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here