साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष बिमला कार्की ।

मनहरी–मनहरीको पुरानो र ठूलो सहकारी संस्थाको रुपमा रहेको साना किसान कृषि सहकारी संस्थाको संचालक समितिको अध्यक्षमा पुनः बिमला कार्की दोहोरिनु भएको छ ।

संस्थाको बिहिबार भएको २१ औँ बार्षिक साधारण सभाले कार्कीलाई पुन अध्यक्षमा दोहो¥याउने निर्णय गरेको हो । संस्थाको उपाध्यक्षमा पुनः लिलाराज भट्टलाई चयन गरिएको छ । सदस्यहरुमा रामकृष्ण उप्रेती, पन्चलाल गोपाली, राधादेवी पाठक, संगिता बानियाँ, गंगा पाठक, बीरबहादुर राई, रामभक्त उप्रेती, लोकनाथ ढुंगाना, शशी पराजुली, बिमला थिङ, केदारबहादुर तिमल्सिना चयन हुनु भएको छ ।

साधारण सभाको उद्घाटनमा बोल्नै मनहरी गाउँपालिकाका कार्यबाहक अध्यक्ष मनिला बिष्टले सहकारीको माध्यमबाट महिला, दलित र बिपन्न समुदायले आर्थिक क्रियाकलाप गर्न पाएकाले आर्थिक स्तरमा सुधार हुँदै गएको बताउनुभयो । उहाँले देशलाई सुखी नेपाली र समृद्ध नेपालको रुपमा अघि बढाउनका लागि सहकारीको योगदान र भूमिका अत्यन्तै प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा साना किसान विकास बैँक लघुबित्तीय संस्था लिमिटेड इलाका कार्यालयका प्रमुख शेरबहादुर चौधरी, ब्रह्कुमारी राजयोग सेवा केन्द्रका बिजयराज सिग्देल, किसान २ परियोजनाका रन्जित साह, बचत सहकारी संस्थाहरुको तर्फबाट कमला मैनाली लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने सहकारीकी व्यवस्थापक निर्मला कडरियाले आर्थिक प्रतिवेदन, अध्यक्ष बिमला कार्कीले प्रगति प्रतिवेदन र लेखा समिति संयोजक मातृका ढुंगानाले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सहकारीले आर्थिक बर्ष २०७५/७६ मा १७ करोड ३७ हजार ९३ हजार ५८७ रुपियाँ लगानी गरेको छ । त्यसैगरी ६४ लाख रुपियाँ नाफा कमाएको छ भने ८ करोड ४६ लाख रुपियाँ निक्षेप रहेको जनाइएको छ । कूल २ हजार ३४ जना शेयर सदस्य रहेको सहकारीमा १६८० जना महिला सदस्य रहेका छन् ।

साधारण सभाका अबसरमा सहकारीले सबैभन्दा बढी दूध संकलन गर्ने किसान गणेश उप्रेती र कल्पना गिरीलाई पुरस्कार प्रदान गरेको छ । त्यसैगरी एसइइमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका सन्ततिहरुलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा दोर्जे रुम्बा, मनिता रिजाल, सुमन अधिकारी, रेखा बिष्ट रहनु भएको छ ।

सहकारीबाट ऋण लिएर उत्कृष्ट तरकारी खेती गर्ने किसान इश्वरी न्यौपाने, बिशुमाया मुक्तान, सुर्जीमाया राई र भगवती सुवेदी पुरस्कृत हुनु भएको छ । सबैभन्दा बढी ब्याज बुझाउनेहरुमध्ये बिमला घलान र रामप्रसाद बर्ताैला पुरस्कृत हुनु भएको छ । व्यवसायिक बाख्रा पालन गर्ने बद्रीबहादुर अर्याललाई पनि पुरस्कृत गरिएको छ । त्यसैगरी सबैभन्दा बढी शेयर खरिद गर्ने ऋचा पराजुली र लीलाराज भट्ट पनि पुरस्कृत हुनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here