रेफ्रीलाई फुटबल हस्तान्तरण गर्नुहुँदै गाउँपालिकाका कार्यबाहक अध्यक्ष मनिला बिष्ट र अतिथिहरु ।

मनहरी–मनहरी गाउँपालिकाले सुरु गरेको अध्यक्ष कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण बुधबारबाट सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मनहरी गाउँपालिका कार्यबाहक अध्यक्ष मनिला बिष्टले खेलको माध्यमबाट अनुशासनको विकास गर्ने र सद्भाव बृद्धि गर्ने काममा गाउँपालिकाले ध्यान दिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि गाउँपालिकाभित्रका युवाहरुलाई खेलकुद, उद्यम लगायत युवा लक्षित कार्यक्रमहरु अघि बढाउँदै लगिने बताउनुभयो ।

जनसिद्ध युवा क्लब मनहरी ३ को आयोजनामा सञ्चालित प्रतियोगिता बुधबार देखि १० गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । गाउँपालिकाभित्रका १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार, उपबिजेताले नगद ३० हजारसहित शिल्ड मेडल तथा प्रमाण पत्रको ब्यवस्था गरिएको जनाएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा ३ नम्बरका वडा अध्यक्ष मान बहादुर स्याङतान, मनहरी गाउँपालिकाका सामाजिक विकास अधिकृत राजेन्द्र चौलागाई, सुरक्षा निकायका प्रतिनिधिहरु, युवा अभियन्ताहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घटान खेलमा सूर्य किरण युवा क्लब मनहरीले ५ ले विजय यात्रा सुरु गरेको छ । जनसिद्ध युबा क्लब ए को खेलाडीले आत्माघाती गोल गरेसंगै सूर्यककिरण १–० गोल अन्तरले बिजयी भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here