मनहरी–रमन्टार युवा क्लव मनहरी ७ ले आयोजना गरेको प्रदेश निर्वाचन क्षेत्र स्तरीय मनहरी रनिङ शिल्ड भलिवल प्रतियोगितामा मंगलबार ६ वटा खेलहरु सम्पन्न भएका छन् ।

रमन्टार युवा क्लव ए र रमन्टार युवा क्लव डी बीच भएको खेलमा रमन्टार ए ले बिजय हासिल गरेको छ । त्यसैगरी कैलाश गाउँपालिका ८ र रमन्टार युवा क्लव सीबीचको स्पर्धामा रमन्टार युवा क्लव सी बिजयी भएको छ । नामटार बी र कैलाश १ बीच भएको स्पर्धामा कैलाश १ ले बिजयी भएको छ । रमन्टार बी र नामाटार बीबीचको खेलमा रमन्टार बीले जीत हासिल गरेको छ । कैलाश १ र कैलाश ५ बीच भएको प्रतिस्पर्धामा कैलाश ५ बिजयी भएको छ । त्यसैगरी रमन्टार ६ र कैलाश ए बीच भएको स्पर्धामा कैलाश ए ले बिजय हासिल गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार रुपिया नगद , रनिङ शिल्ड ,मेडल , दोस्रो हुने टिमले नगद १५ हजार रुपिया , तेस्रो हुनेले १० हजार नगद तथा सान्त्वना हुने टिमले ५ हजार नगद तथा शिल्ड प्रमाण पत्र र मेडल, प्राप्त गर्ने आयोजक रमन्टार युवा क्लवले जनाएको छ । प्रतियोगिता सोमबारबाट सुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here