मनहरी–प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै जनता सुखी भए मात्रै समृद्ध नेपाल, सुखी नेपाली भन्ने नाराले सार्थकता पाउने बताएका छन् ।

मनहरी गाउँपालिका वडा नं ८ सिमपानीस्थित आमाघर आश्रममा आयोजित दशैको शुभकामना आदान प्रदान तथा स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । सडक पेटीमा मानसिक सन्तुलन गुमाएका आमाबुवाहरु भेटिने गरेको सन्दर्भ सुनाउँदै मुख्यमन्त्री पौडेलले सडकमा त्यस्तो हालत देख्दादेख्दै सुखी नेपाल, समृद्ध नेपालीको नाराले सार्थकता नपाउने उल्लेख गरेको । उनले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, मानव सेवा आश्रमजस्ता संघसंस्थाहरुकै सहयोगका कारण सडक मानवमुक्त क्षेत्रहरु बन्दै गइरहेको र अनुशासनको पालना हुने कार्यमा पनि प्रभावकारिता बढ्दै गएको सुनाए । उनले निर्माणाधीन आमाघरका लागि प्रदेश सरकारले यथेष्ठ सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सांसद सन्तबहादुर चेपाङ, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, ब्रहकुमार अर्जुन लगायतले वडादशैँको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सो अबसरमा किशोरीहरुले नृत्य प्रस्तुत गरेका थिए भने भारतस्थित माउन्ड आबु शान्ति वनमा अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी भएका व्यक्तिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । शुसीला दिदीको सभाध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा बिशिष्टता हासिल गरेका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here