राक्सिराङ-मकवानपुरको विकट चेपाङ बस्तीका विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुका लागि संविधान दिवसको अबसरमा नेपालको संविधान २०७२ का बारेमा अभिमुखीकण गरिएको छ । अभिमुखीकरणसँगै आयोजना भएका विभिन्न क्रियाकलापहरुमार्फत गाउँगाउँमा संविधानको किताब बितरण गरिएको छ । कार्यक्रममा सहभागी भएकाहरुलाई संविधानको किताव उपहार र पुरस्कारको रुपमा पठाइएको हो ।


दीगो विकासका लागि एकता नेपाल र लिसा हिमालय इभीले राक्सिराङ गाउँपालिका वडा नं ७ स्थित श्री आधारभूत विद्यालयमा विभिन्न विद्यालयबाट आएका बालबालिकाहरुका लागि संविधानबारेमा अभिमुखीकरण गराएको हो । नेपालको संविधान २०७२ को मा बालबालिकाहरुका लागि गरिएका व्यवस्थाका बारेमा सञ्चारकर्मी शिवकुमार काशीले सहजीकरण गर्दै अभिमुखीकरण गरिएको हो । अभिमुखीकरणपछि स्थानीय जुरेथुम बाल क्लवको आयोजनामा आधारभूत तहको बक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा वडा नं ६, ७ र ८ का १२ जना विद्यार्थीहरु सहभागी भएकामा जुरेथुम आधारभूत विद्यालयकी ख्रिष्टिना मुक्तान प्रथम, राष्ट्रिय मावि सिलिंगेका निराजन चेपाङ द्वित्तीय र जुरेथुम आधारभूत विद्यालयकी सुनिता थिङ र राष्ट्रिय आधारभूत विद्यालय जुरेथुमका प्रेमबहादुर चेपाङ तृत्तीय भएका थिए ।
बिजयी सबैलाई राक्सिराङ गाउँपालिका ७ नं वडाध्यक्ष कुलबहादुर चेपाङले पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए । कार्यक्रमअघि विद्यार्थी, जनप्रतिनिधि, शिक्षक, गैरसरकारी संस्थाकर्मीहरु सम्मिलित ¥याली निकालिएको थियो । चेपाङ बस्तीमा समेत संविधानको मर्म र यसले गरेका व्यवस्थाहरुका बारेमा जानकारी गराउनका लागि ¥याली, बक्तृत्वकला तथा अभिमुखीकरण लगायतका क्रियाकलापहरु सञ्चालन गरिएको लिसा हिमालय इभीका कार्यक्रम निर्देशक अन्जनप्रसाद पौडेलले जानकारी बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here