मनहरी–संविधान दिवसको अबसरमा मनहरी गाउँपालिकाले मोटरसाइकलसहित विभिन्न कार्यक्रमहरु गर्ने भएको छ ।

संविधान दिवस मनाउका लागि गाउँपालिका, कार्यपालिका सदस्यहरुसहित विभिन्न सरकारी संस्थाका प्रतिनिधिहरु सम्मिलित मूल समाराह समिति गठन गरिएको छ ।
समितिले असोज २, ३ र ४ गतेका लागि बिभिन्न कार्यक्रमहरु तय गरेको हो । असोज २ गते लामिटारस्थित सभा हलमा रक्तदान गर्ने गाउँपालिकाले जनाएको छ भने सोही दिन मोटरसाईक ¥याली गरिने भएको छ । सोही दिन दिउसो ३ बजे मनहरी बजारबाट गाउँपालिकाको केन्द्र रजैया सम्म ¥यालीको आयोजन गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

त्यस्तै असोज ३ गते रजैयादेखि लामिटारस्थित सभाहलसम्म ¥यालीको आयोजना गरिएको छ । सोही दिन लामिटारमा रहेको गाउँ सभाहल परिसरमा वृक्षारोपण गर्ने कार्यक्रम समेत रहेको छ भने गाउँपालिकाको वार्षिक समिक्षा कार्यक्रम समेत हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here