मनहरी–मनहरी गाउँपालिकाले बाल दिवसको अबसर पारेर वक्तृत्वकला प्रतियोगिता गरेको छ । प्रतियोगितामा आशिष बुढाथोकी प्रथम भएका छन् ।

बाल अधिकार संरक्षणमा मनहरी गाउँपालिकाको भूमिका विषयमा वक्तृत्कला आयोजना भएको हो । प्रतियोगितामा आशिष बुढाथोकी प्रथम, अनुजा गुरुङ द्धितिय र शशि ढकाल तृतिय भएका छन् ।
मनहरी गाउँपालिकाले बालमैत्री स्थानीय तहको कार्यक्रम अन्तरगत ४ दिने भ्रमणको अवसमा आइतबार स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका १ स्थित सिद्धार्थ राजमार्गमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाका सामाजिक विकास अधिकृत राजेन्द्र प्रसाद चौलागाईले बताए । प्रतियोगितामा मनहरी गाउँपालिकाका सामाजिक विकास अधिकृत चौलागाँई, सहायक महिला विकास निरीक्षक शाान्ति अधिकारी र खरीदार अनिल सुवेदीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगिता गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको प्रमुख आतिथ्यता एवम मनहरी गाउँपालिका बाल संजाल समितिका अध्यक्ष समिर लोको सभाध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here