राक्सिराङ –राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले डेंगु ज्वरो भएका बिरामीको उपचार ढ्याङ्ग्रा फलाकेर निको नहुने बताएका छन् ।
उनले बिगतमा जुन जुन रोग लागे पनि ढ्याङ्ग्रो ठोकेर निका पार्ने चलन रहेकामा त्यसलाई परिबर्तन गर्न आग्रह गरेका हुन् । मनहरी लाइभ डटकमसँग कुरा गर्दै उनले भने–‘अब ढ्याङ्ग्रोको भरमा लागेर जीवन बर्बाद कसैले नगर्नू ।’

रगत जँचाएर डेंगु प्रमाणित गरी गाउँपालिकामा आएमा उपचारका लागि गाउँपालिकाको तर्फबाट नगद ३ हजार रुपियाँ खर्च दिइने पनि उनले सुनाए । राक्सिराङ गाउँपालिकामा डेंगुको उपचार गर्ने ठूला स्वास्थ्यसंस्था नभएकाले मनहरी, हेटौँडा तथा चितवनका अस्पतालमा जानुुपर्ने बाध्यता रहेकाले यातायात र खानाका लागि प्रति बिरामी ३ हजार रुपियाँका दरले सहयोग गर्ने निर्णय गरिएको मल्लले बताए । साबिक राक्सिराङ, काँकडा, खैराङ र सरिखेत गाउँ विकास समितिहरु मिलेर बनेको राक्सिराङ गाउँपालिकामा ४ वटा स्वास्थ्यचौकीहरु मात्र रहेका छन् ।

यसेबीच गाउँपालिकाले हरेक स्वास्थ्य चौकीमा डेंगु पहिचान गर्न सजिलो पार्नका लागि ३०÷३० थान डेंगु परिक्षण किट पठाएको स्वास्थ्य संयोजक बिजय कापरीले जानकारी दिए । डेंगु किट पठाइएसँगै ४ वटै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएर डेंगु किट परिक्षण तरिका सिकाएर गाउँ पठाइएको कापरीले जानकारी दिनुभयो ।

‘अब गाउँमै डेंगु परिक्षण हुन्छ’, स्वास्थ्य संयोजक कापरीले भन्नुभयो–‘रगत परिक्षणपछि डेंगु प्रमाणित भएमा ३ हजार रुपियाँ नगदै दिएर डेंगुका विरामीलाई उपचारका लागि मनहरी, हेटौँडा वा चितवनका अस्पतालहरुमा पठाइने छ ।’ हालसम्म राक्सिराङ गाउँपालिकाभित्र वडा नं ३ का २ जना मानिसहरुमा मात्रै डेंगु संक्रमण देखिएको कापरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here