राक्सिराङ –राक्सिराङ गाउँपालिका ९ खैराङस्थित कान्द्राङ प्रहरी चौकीको सक्रियतामा गाँजासहित दुई युवा समातिएका छन् ।

प्रहरी सहायक निरीक्षक रंगलाल यादव सहितको गस्ती टोलीले राक्सिराङ ४ स्थित कालिका दोभानमा शंकास्पद रुपमा हिंडिरहेका कैलाश गाउँपालिका ८ बस्ने बर्ष २६ को राजकुमार थिङले बोकेको झोला चेकजाँच गर्दा ४ केजी ८ सय ग्राम गाँजा फेला परेको हो । त्यसैगरी कैलाश गाउँपालिका वडा नं ८ कै २१ को दिपेश थिङले बोकेको झोलाबाट ७ केजी ६ सय ग्राम गाँजा फेला परेको हो ।

पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागूऔषध ओसार पसार, उत्पादन, कारोबार गर्नेलाई न्यूनतम २ बर्षदेखि १५ बर्षसम्म जेल सजायँ र १५ हजारदेखि १ लाख रुपियाँसम्म जरिबाना हुने प्रावधान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here