मनहरी–सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार भन्ने मुल नारासहित मनहरी ७ स्थित युनिभर्सल लर्निङ एकेडेमीले निबन्ध प्रतियोगिता आयोजना गरी बाल दिवस मनाएको छ ।

बालबालिकाहरुलाई उनीहरुको मौलिक अधिकारबाट कहिँकतैबाट पनि बन्देज गर्न नहुने भन्दै बाल दिबस मनाइएको हो । युनिभर्सल लर्निङ एकेडेमीले बाल दिवसको अवसरमा बाल अधिकार शिर्षकमा अंग्रेजी निबन्ध प्रतियोगिता गरेको छ ।

१९ जना सहभागी रहेको प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत सलीना पौडेल प्रथम, आकृति गुरुङ द्वित्तीय र जस्टिना गुरुङले तृत्तीय स्थान हासिल गरिन् । प्रतियोगितमा बिद्यालयका प्रिन्सिपल शुक्रबहादुर प्रजा, शिक्षकहरु सन्जल खत्री र यसोदा रिमाल निर्णयकको भुमिका निर्बाह गरे थिए । इको चाइल्ड क्लब अफ युनिभर्सलका अध्यक्ष सलिला पौडेलको सभाध्यतामा भएको कायक्रममा विद्यालय सञ्चालक समिकिा अध्यक्ष शिवकुमार रिजालको प्रमुख आतिथ्यता रहेको थियो । बिजेता बिद्यार्थीहरुलाइ अध्यक्ष रिजाल तथा विद्यालयका प्रिन्सिपल प्रजा, व्यवस्थापक दिलबहादुर स्याङ्बो तथा निर्णायकहरुले पुरुस्कार वितरण गरेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here