मनहरी–राक्सिराङ गाउँपालिकाले मनहरी गाउँपालिका ७ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई डेंगु परिक्षणका लागि १ सय थान किट प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको उपस्थितिमा प्राथमिक स्वास्थ्य केन्द्रमा किट प्रदान गरिएको हो । मल्लले मनहरी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ र डाक्टर दीपेन्द्र पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । किट हस्तान्तरण गर्दै मल्लले राक्सिराङ गाउँपालिकाबाट आउने बिरामीहरुका लागि किट उपयोगमा ल्याउनका लागि आग्रह गरे । उनले आगामी दिनमा पनि राक्सिराङ गाउँपालिकाको तर्फबाट सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए । किट बुझ्दै वडाध्यक्ष तितुङले राक्सिराङ गाउँपालिकालाई धन्यवाद व्यक्त गरे । उनले मनहरी गाउँपालिकाको कार्यपालिका बैठकमा पनि यो बिषयलाई उठाइने बताए ।

कार्यक्रममा मनहरी गाउँपालिका वडा नं ७ का सदस्य शेखर बर्ताैला, राक्सिराङ गाउँपालिका स्वास्थ्य संयोजक बिजयी कापरी, मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव शिवराम बानियाँ, ल्याब टेक्निसियन शुरेस राय यादवसहित राक्सिराङ गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here