मनहरी–मनहरी गाउँपालिका वडा नं ९ ज्यामिरेस्थित ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहले आफ्नो भवन निर्माणका लागि बजेट बिनियोजन गरेको छ ।

समूहको शनिबार भएको २५ औँ बार्षिक साधारण सभामा प्रस्तुत अनुमानित आयव्यय विवरणमा भवन निर्माण गर्ने योजनासहित अन्य सामाजिक र संरक्षणमुखी कार्यक्रमहरु सार्बजनिक गरिएको समूहका अध्यक्ष दीपक पुलामीले जानकारी दिए । उनका अनुसार वन संरक्षणका कामका अलावा विभिन्न सामाजिक कामहरुलाई समूहले निरन्तरता दिने तयारी छ । स्वास्थ्य बीमा कार्यक्रम लगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरुलाई निरन्तरता दिइएको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले समुदायको सहभागितामा वनको संरक्षण हुनुपर्ने बताए । उनले वन समूहले संरक्षणमुखी काम गरेर अघि बढ्नुपर्ने र काठको उत्पादन गरी गाउँमै चिरान गर्न सक्ने गरी संरचना तयार पार्ने काममा गाउँपालिकाले अग्रसरता लिएको सुनाए ।

कार्यक्रममा डिभिजन वन कार्यालय राप्ती मनहरीका सहायक वन अधिकृत सुरेशकुमार गुप्ता, सव डिभिजन वन कार्यालय मनहरीका सहायक वन अधिकृत सुरेशकुमार गुप्ता, सामुदायिक वन उपभोक्ता समूह महासंघ मनहरीका अध्यक्ष हेमलाल उप्रेती, समाजसेवी रामहरि सुवेदी, सीताराम अर्यालय, सिताराम गिरी, शिवप्रसाद गिरी, गंगा कोइराला, प्रल्हाद लम्साल, सोलाल गोले लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा चालू आर्थिक बर्ष २०७६\७७ का लागि २ करोड ५१ लाख रुपियाँको अनुमानित आय विवरण प्रस्तुत गरिएको थियो भने गत आर्थिक बर्ष २०७५\७६ को आर्थिक विवरण पारित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here