मनहरी–बैदेशिक रोजगारीबाट फर्केर व्यवसायिक कृषि कर्ममा लागेकी युवा उद्यमीले सञ्चालन गरेको कृषि फर्ममा लोकल कुखुरा मारिएको पाइएको छ ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित अनु कृषि फार्ममा पालिएका २ हजार ५ वटा लोकल कुखुरामध्ये ४५ वटा मारिएको अबस्थामा फेला परेको हो । अन्य १ सयवटा कुखुरा चोरी भएको अनु कृषि फर्मकी सञ्चालक अनिता स्याङ्बोले बताइन् ।
फर्म छेउमै सुत्ने गरिएपनि कुखुरा चोर्ने र मार्ने घटनाबारे बिहान मात्रै थाहा पाएपछि प्रहरीलाई खबर गरिएको अनु कृषि फर्मका संचालक स्याङ्बोले बताइन् । फर्मममा लोकल कुखुरापालन, माछापालन, बंगुरपालन समेत गरी ७० लाख लगानी गरिएको बताइएको छ । घटनास्थलको अध्ययनपछि मसिनो ढंगले अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताए ।

Picture by: google

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here