परेवाभीरको बाटोमा हिँड्दै स्थानीयबासिन्दा । बर्षायाममा कैलाश र राक्सिराङका बासिन्दाका लागि यो बाध्यकारी बाटो हो ।

राक्सिराङ–राक्सिराङ गाउँपालिका वडा नं ४ स्थित परेवाभीरबाट खोला तरेका एक व्यक्तिको बगाएर मृत्यु भएको छ ।

बुधवार बिहान १० बजेतिर खोला तरेका राक्सिराङ ४ पन्जनीका ४५ बर्षीय प्रेमबहादुर मुक्तानको ज्यान गएको हो । उनको शब खोलाले बगाएर वडा नं ५ को मनहरी बगरमा पु¥याएको थियो ।
मनहरी बजार जान भनी हिँडेका उनलाई परेवाभीरनेरको खोला जङ्घार तर्ने बेला बगाएको राक्सिराङ गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सन्जय कोइरालाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here