मनहरी–डिभिजन वन कार्यालय राप्ती मनहरी अन्तर्गतका कर्मचारीहरु पुरस्कृत भएका छन् । कार्यालयमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई प्रशंसापत्र र नगद रकमसहित डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाले पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कृत हुने कर्मचारीहरुमा रामकुमारी पन्त, श्यामकुमार थापा, यादव कोइराला, उत्तम प्रजा, ज्ञानकुमार रिजाल, असल श्रेष्ठ रविमणि श्रेष्ठ, हेमराज ढुंगाना, राकेशकुमार चन्द्रबंशी, सुरेशप्रसाद गुप्ता र प्रदीपनाथ शर्मा रहेका छन् ।

सम्मानपत्र प्रदान गर्दै डिभिजनल वन अधिकृत कोइरालाले निजामति सेवामा लागेका कर्मचारीहरु अनुशासित र चरित्रवान् हुनुपर्ने बताए । कार्यक्रममा सहायक वन अधिकृत भरत भण्डारीले पनि निजामति सेवा दिवसको सन्दर्भमा धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here