राक्सिराङ –चेपाङ जातिको उद्गम क्षेत्र मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिका उनीहरुको महान् पर्व न्वागी (छोनाम) को दिन सार्बजनिक बिदा दिइएको छ ।

चेपाङ जातिको पर्व छोनाम पर्वको अवसरमा आइतबार राक्सिराङ गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विज्ञप्ति जारी गर्दै भदौ २२ गते न्वागीको सार्वजनिक बिदा दिइएको बताउनु भयो ।

न्वागीकै अवसरमा आइतबार राक्सिराङको चैनपुरमा विशेष कार्यक्रम न्वागी उत्सव गरिएको नेपाल चेपाङ संघ मकवानपुरले जनाएको छ ।

संघीयता कार्यान्वयनसँगै चेपाङ समुदायले राक्सिराङ गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरी सरकारले बिशेष कार्यक्रम चलाउनुपर्ने भन्दै आवाज उठाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here