मनहरी–एसिया महादेशमा पानीको मुद्दा सम्बोधन गर्न बनेको संस्था ‘एसियन नेसनल एसेम्बली वाटर कन्सल्टेटिभ बोर्ड (ए ए डब्लु सी)’ को उपाध्यक्षमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे चयन हुनु भएको छ ।

एसियाली सांसदहरूको पहलमा दक्षिण कोरियाको सिउलमा भएको काउन्सिल बैठकले पाण्डेलाई उपाध्यक्ष चयन गरेको हो । दक्षिण कोरिया आयोजक रहेको बैठकले एसिया महादेशमा पानीको मुद्दा उठान गर्न बनेको कार्यकारी समितिमा दक्षिण कोरियाका उपसभामुखलाई अध्यक्ष चयन गरेको छ ।

उपाध्यक्षमा नेपालसँगै पाकिस्तानका मोहम्मद भानडा, कम्बोडियाका चन्दारा चयन भएका छन् । कोषाध्यक्ष कोरियाकै सांसद र महासचिवमा विज्ञ समूहबाट चयन गरिएको छ । ६ देशको सहभागिता रहेको सम्मेलनमा सहभागी सांसदद्वय अमृता थापा र रामबाबु कुमार यादव पनि सदस्य चयन हुनु भएको छ । From: www. janatasamachar.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here