राक्सिराङ–चट्याङ लागेर राक्सिराङ गाउँपालिका १ सानोभावरमा एक किशोरी गम्भीर घाइते भएकी छन् ।
केहीबेरअघि परेको चट्याङमा परी स्थानीय १७ बर्षीया बिनामाया थिङ गम्भीर घाइते भएकी हुन् । उनी मुर्छित अबस्थामा रहेको र स्वास्थ्य संस्थामा ल्याउने तयारी भइरहेको नेकपा मकवानपुरका सचिवालय सदस्य बनस्तम थिङले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here