मनहरी–मनहरी गाउँपालिकाले चालू आर्थिक बर्षका लागि बिनियोजित बजेटको कार्यान्वयन सुरु गरेको छ ।

गाउँपालिकाले सबै वडा कार्यालयहरुलाई पत्राचार गरी १५ दिनभित्र योजनाहरुको कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्न भनेको हो । प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले सबै वडाहरुमा उपभोक्ता समिति गठन गर्नका लागि पत्राचार गरेका हुन् ।

पत्रमा वडाभित्र बिनियोजित वडाहरुका योजनाहरुको सूचि समेत राखिएको छ । अघिल्ला बर्षहरुभन्दा यो बर्ष कम योजनाहरु बनेका छन् । वडा नं ३ र ४ ले अत्यन्तै न्यून संख्यामा योजना निर्माण गरी गाउँसभामा पारित गराएका छन् ।

गाउँपालिकाका अनुसार वडा नं १ मा २२ वटा, वडा नं २ मा २३ वटा, वडा नं ३ मा ४ वटा, वडा नं ४ मा १२ वटा, वडा नं ५ मा २० वटा, वडा नं ६ मा १७ वटा, वडा नं ७ मा ३३ वटा, वडा नं ८ मा ३० वटा र वडा नं ९ मा ३९ वटा योजना गाउँसभाबाट पारित भएको छ ।

यो बर्ष गाउँपालिकाले ६१ करोड रुपियाँको बजेट योजना निर्माण गरी कार्यान्वयन गरिररहेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here