कैलाश–अत्यधिक चेपाङ बसोबास रहेको कैलाश गाउँपालिका ७ का विभिन्न बस्तमिा स्वास्थ्य र सरसफाईबारे जानकारी दिँदै विदेशी स्वास्थ्यकर्मीसहितको टोली पुगेको छ ।


उनीहरुले घरघरै पुगेर स्थानीयबासिन्दालाई हात धुने तरिका र भान्साको सफासुग्घर कायम राख्ने तरिकाबारे जानकारी दिलाएको युवा समाजसेवी नमूना चेपाङले जानकारी दिए । इन्टरनेशनल मेडिकल आउटरिचर र उत्साहको बचन नामक गैरसरकारी संस्थाको अगुवाईमा विदेशी स्वास्थ्यकर्मीसहितको टोली गाउँ पुगेको हो ।


उत्साहको बचनका प्रमुख बीरु लामाका अनुसार हङकङ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सरसफाई र स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिनका लागि घरदैलो गरिएको हो ।


घरदैलोसँगै व्यक्तिगत सरसफाईका लागि मन्जन, ब्रस लगायत सामग्रीहरु पनि निःशुल्क बितरण गरिएको उत्साहको बचनका प्रमुख लामाले बताए । स्थानीयबासिन्दाका लागि गाउँमै निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्ने योजना रहेको उनले बताए । टोलीमा ६ जना विदेशी स्वास्थ्यकर्मी तथा नेपाली अभियन्ताहरुको सहभागिता छ । टोलीले कैलाश ७ को डोकोटार, सैबाङ, डुम्रे, ताम्लाङजस्ता गाउँहरुमा घरदैलो गरी १२० घरमा हात धुन सिकाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here