मनहरी–मनहरी गाउँपालिका वडा नं ९ ज्यामिरेमा महिला अधिकारसम्बन्धी सचेतनामुलक कार्यक्रमसहित सामुहिक दर खुवाउने कार्यक्रम भदौ १२ गते बिहिबार आयोजना गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मनहरी गाउँपालिका उपाध्यक्ष एबम् प्रमुख अतिथि मनिला बिष्टले महिलाहरु सचेत भएमा सामाजिक अपराधहरु निमिट्यान्न हुँदै जाने बताइन् । उनले महिलासम्बन्धी कानून र नीतिगत व्यवस्थाको अक्षरस पालना गरेर सरकार अघि बढिरहेको बताइन् । महिला हिंसाका घटनाहरु न्यूनिकरणका लागि महिला अगुवाहरुको महत्वपूर्ण भूमिका हुने भन्दै उनले स्थानीय तहमा महिलाहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मनहरीका अध्यक्ष हेमलाल उप्रेती, ९ नं वडाका अध्यक्ष साधुराम अधिकारी, ब्रहमकुमार राजयोग सेवा केन्द्रका प्रतिनिधिहरु लगायतले महिला अधिकारका बारेमा सम्बोधन गरेका थिए ।

कालिका आमा समूहले आयोजना गरेको सांगीतिक कार्यक्रम तथा सामूहिक दर कार्यक्रममा समूहकी अध्यक्ष रेनुका थापाको सभाध्यक्षता रहेको थियो । कार्यक्रममको सह आयोजकहरुमा स्थानीय टोल विकास संस्थाहरु, ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहहरु तथा प्रायोजकको रुपमा मनहरी गाउँपालिका रहेको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मण उप्रेतीले गरेका थिए ।
कार्यक्रममा महिलाहरुले आफ्ना मौलिक गीत संगीत प्रस्तुत गरेका थिए भने मौलिक नृत्यहरु समेत प्रदर्शन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here