मनहरी बजार ।

मनहरी–पश्चिम मकवानपुरको प्रमुख ब्यापारिक केन्द्र मनहरीका किराना पसल तथा होटलहरुमा म्याद गुज्रेका खाद्यबस्तुहरु भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ता हीत संरक्षण मञ्चको संयुक्त अनुगमनका क्रममा व्यवसायीहरुले म्याद गुज्रेका सामानहरु बिक्री गरेको पाइएको हो । मनहरी बजारको २७ वटा होटल तथा किराना पसलहरुमा अनुगमन टोली अनुगमन गरी ठूलो परिमाणमा कोक, फेन्टा, मिरिन्डा, कुकिज तथा बिस्कुटहरु जफत गरिएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहदेव आचार्यले जानकारी दिए ।

भदौ ११ गते बुधवार दिउँसो मनहरी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष ठाकुरराम तितुङको रोहबरमा जफत भएका खाद्यबस्तु नष्ट गरिएको हो ।
अबदेखि गल्ती नगर्ने प्रतिबद्धता लिखित रुपमा व्यवसायीहरुलाई गराइएको र टोलीका तर्फबाट व्यवसायीहरुलाई सुझाव दिइएको अनुगमन टोलीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here