हेटौँडा–३ नं प्रदेशका सांसद ओमबहादुर ग्लान (प्रदीप) ले तत्कालीन जनमुक्ति सेनाको व्यवस्थापनबारे संसदमा प्रश्न उठाएका छन् ।
उनले शून्य समयमा बोल्दै युद्धको अग्रमोर्चामा रहेका केही मानिसहरुको राजनीतिक प्रतिस्पर्धाको आधारमा व्यवस्थापन भएपनि झण्डै ८० प्रतिशत युद्धको सीप जानेका जनमुक्ति सेनाको समाजमा उचित व्यवस्थापन नभएको बताए । ‘उनीहरुको सही व्यवस्थापन नहुँदा अर्काे राजनीतिक संकटको सम्भावना पनि देखिन्छ’, उनले भने ।
उनको भनाईलाई तत्कालीन जनमुक्ति सेनामा हतियार चलाउने सीप जानेकाहरु अहिले प्रतिबन्धित बिप्लप नेतृत्वको माओवादीतिर प्रयोग नहोलान् भन्न सक्ने आधार नभएको भन्ने हिसावले राजनीतिक बृत्तमा आँकलन गरिएको छ । ग्लान आफै पूर्व जनमुक्ति सेनाको कमाण्डर हुन् । स्वेच्छिक अबकाश रोजेर उनी खुला राजनीतिमा आएका थिए । उनी राक्सिराङ गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here