मनहरी–२०७२ साल बैशाख १२ गतेको भूकम्पले थिलोथिलो बनाएको जंगबहादुर जोगीको घर प्रबलीकरण गरी पुननिर्माण गरिएको छ ।

मनहरी गाउँपालिका ९ ज्यामिरेमा रहेको जोगीको घर रेट्रोफिटिङ प्रविधिमा आधारित रही पुननिर्माण गरिएको घर सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिएको छ । जंगबहादुरलाई रेट्रोफिटिङ प्रविधिको घर हस्तान्तरण गर्दै नेपाल पुननिर्माण प्राधिकरणका कार्यकारी सदस्य डाक्टर चन्द्रबहादुर श्रेष्ठले रेट्रोफिटिङबारे जनतालाई बुझाउन नसकिएकाले उनीहरु पुननिर्माणको सम्झौता गर्न तयार नभइरहेको अबस्था रहेको बताए ।

रेट्रोफिटिङ प्रविधि बलियो हो भन्ने प्रमाणित गरिएपनि त्यसबारे जनस्तरमा सचेतना भर्न नसकिएको उनले जानकारी दिए । अबको केही बर्षभित्रै रेट्रोफिटिङ प्रविधिका २५÷३० लाख घरहरु तयार पार्ने र सार्बजनिक भौतिक संरचनाहरुको पनि रेट्रोफिटिङ गर्ने तयारी सरकारले गरिरहेको उहाँले जानकारी दिनुभयो । भूकम्पबाट आंशिक्ष क्षति भएका ७० हजार घरको रेट्रोफिटिङ गर्नुपर्ने आवश्यकता रहेपनि हाल २० हजार लाभग्राहीले मात्रै सम्झौता गरी पहिलो किस्ता लगेको प्राधिकरणका कार्यकारी सदस्य डाक्टर श्रेष्ठले बताए ।

मनहरी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष साधुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले स्थानीय तहका पुननिर्माण समस्याका बारेमा प्राधिकरणका सदस्य डा. श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा बिमल किशोर केपी, इन्जिनियर शम्भु कर्ण लगायतले रेट्रोफिटिङको महत्वका बारेमा मन्तब्य ब्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here