मनहरी–सञ्चारकर्मी रामकुमार एलन काठमाडौँमा सम्मानित भएका छन् । टेलिभिजन र अनलाइन पत्रकारितामा छुट्टै पहिचान बनाउन सफल मनहरी का पत्रकार एलन २०७६ को ‘फेड्वासन वास टेलिभिजन पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका हुन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको १७ औँ स्थापना दिवसमा आयोजित कार्यक्रममा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

फेड्वासन वास पत्रकारिता पुरस्कारबाट टेलिभिजनतर्फ जनता टेलिभिजन, रेडियोतर्फ सिआइएनका राजन रुचाल, अनलाइनतर्फ लोकान्तर डटकमका गगन अर्याल र पत्रिकातर्फ कान्तिपुरका वसन्त प्रकाश सिंह पुरस्कृत भएका छन् ।

पुरस्कृत पत्रकारलाई सांसद आशा विकले पुरस्कार र प्रमाण पत्र वितरण गर्नुभयो । एलन मनहरी लाइभ डटकम सञ्चालन गर्ने फिलिंगो मिडिया प्रा.लिका अध्यक्ष हुन् भने लामो समय मकवानपुरमा पत्रकारिता गरी हाल एक दशकदेखि काठमाडौस्थित जनता टेलिभिजनमा सम्पादक छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here