मनहरी–राक्सिराङ गाउँपालिका वडा नं ६ कराँसेका ५५ बर्षीय शुक्रबहादुर चेपाङ खोल्सामा मृत अबस्थामा भेटिएका छन् ।

बुधवार साँझ गाउँमा राँगा काटेको स्थानमा मासु लिन गएका शुक्रबार अबेरसम्म नआएपछि परिवारले खोजी गर्दा पनि फेला परेका थिएनन् । तर, कराँसे नजिकैको भीरबाट लडेर उनको मृत्यु भएको पाइएको छ । राति परेको पानीका कारण शव फुलेको अबस्थामा उनका साइँला छोराले बिहिबार बिहान लाश फेला पारेका थिए ।

बाटोबाट लडेका उनी झण्डै १ किलोमिटर तल पुगेका थिए । उनको टाउकोमा गम्भीर चोट देखिएको राक्सिराङ गाउँपालिका ६ का वडाध्यक्ष सिंगलाल चेपाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here