मनहरी-मनहरी गाउँपालिका वडा नं १ (साबिक हाँडीखोला गाविस) निबासी समाजसेवी श्यामबहादुर प्रजा (चेपाङ) को निधन भएको छ । केहीदिन अघि रुखबाट लडेर घाँटी भाँचिएपछि उपचाररत उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

घाँटी भाँचिएपछि बोल्न नसक्ने भएका श्यामबहादुरको घाँटीको सफल अपरेसन भएको थियो । अपरेसन सफल भएर आइसियुमै उपचारका क्रममा रहेका उनको स्वास्थ्यमा सुधार नभएपछि सोमबार राति निधन भएको हो ।

५५ बर्षीय श्यामबहादुर विभिन्न सामाजिक संघसंस्थाहरुमा आबद्ध रही कार्यरत थिए । उनी खानेपानी महासंघका संस्थापक सदस्य हुन् भने बाल जीवन ज्योति माध्यमिक विद्यालय ब्यबस्थापन समितिका सदस्य हुन् । त्यसैगरी जन जागृति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको सचिवको रुपमा पनि कार्यरत थिए । उनी नेपाल चेपाङ संघका जिल्ला समितिका पूर्व उपाध्यक्ष समेत रहेका थिए ।

खेतालाका लागि रुख कटहर खुवाउन निमाराको पात टिप्न रुख चढेका श्यामबहादुर अकस्मात लडेका थिए । उनी क्रिश्चियन धर्मका पास्टर पनि थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here