मनहरी–नेपाल चेपाङ संघ जिल्ला कार्यकारिणी समितिको शुक्रबार साँझ भएको निर्बाचनमा पूर्णबहादुर प्रजा (चेपाङ) बिजयी भएका छन् ।
उनले ४१ मत प्राप्त गरी बिजय हासिल गरेका हुन् । अर्का प्रत्यासी दिनेश चेपाङले ३६ मत प्राप्त गरेका थिए ।
त्यसैगरी सचिव पदमा ४४ मत ल्याएर प्रताप चेपाङ निर्वाचित भए । सचिवका प्रत्यासी राजकुमार चेपाङले ३० मत ल्याएका थिए । सहसचिवमा रामकृष्ण चेपाङ बिजयी भए ।
उपाध्यक्षमा सीता चेपाङ र कोषाध्यक्षमा अस्मिता चेपाङ निर्विरोध भइन् । अन्य सदस्यहरु पनि निर्विरोध भएका छन् ।
निर्वाचित अध्यक्ष पूर्णबहादुर यसअघि मनहरी गाउँ कार्यकारिणी समितिका अध्यक्ष रहेका थिए भने प्रत्यासी दिनेश निवर्तमान जिल्ला कार्यकारिणी समितिका सहसचिव थिए ।
अध्यक्षमा निर्वाचित पूर्णबहादुर नेपाली काँग्रेस समर्थक हुन् भने प्रत्यासी दिनेश नेकपा समर्थक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here