मनहरी–पश्चिम मकवानपुरको प्रमुख व्यापारिक केन्द्र मनहरीस्थित इलाका प्रहरी कार्यालयले यस क्षेत्रमा आत्महत्या गर्नेहरुको संख्या बढेको जनाएको छ ।
कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार झुन्डिएर आत्महत्या गर्नेहरुको संख्या बढ्दो छ । आर्थिक बर्ष २०७४/७५ मा १३ जनाले झुन्डिएर आत्महत्या गरेकामा गत आर्थिक बर्ष २०७५/७६ मा यो संख्या १५ पुगेको इलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । यद्यपि तीनबर्षअघि यो संख्या जम्मा ६ रहेको थियो ।
बिष सेवन गरी आत्महत्या गर्नेहरु पनि बढेका छन् । आर्थिक बर्ष २०७४/७५ मा २ जनाले बिष सेवन गरेका थिए भने आर्थिक बर्ष २०७५/७६ मा यो संख्या ३ पुगेको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय मकवानपुरमार्फत आर्थिक बर्ष २०७५/७६ मा लागूऔषध सम्बन्धी १४ वटा मुद्दाहरु दर्ता भएका छन् । अघिल्लो आर्थिक बर्षमा यो संख्या १५ पुगेको थियो । त्यसैगरी सार्वजनिक शान्तिबिरुद्धको मुद्दा ९ वटा दर्ता भएका छन् भने गत आर्थिक बर्षबाट सुरु भएको बैंकिङ कसुर सम्बन्धी मुद्दा पनि ६ वटा दर्ता भएको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here