मनहरी–नेपाल चेपाङ संघको जिल्ला नेतृत्वको लागि दौडधूप सुरु भएको छ । मनहरीमा जिल्ला कार्यालय रहेको संघको नेतृत्व चयनका लागि आगमी साउन ३१ गते अधिवेसन हुँदैछ ।
सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नका लागि पहल गरिएपनि नेतृत्व चयनका लागि निर्वाचन हुने देखिएको छ । निर्वाचनमा होमिने क्रममा अध्यक्ष पदका लागि बर्तमान जिल्ला कार्यकारिणी समितिका सहसचिव दिनेश चेपाङले तयारी गरेको बुझिएको छ । त्यसैगरी संघका पूर्व केन्द्रीय नेता एबम् पुराना नेता बिष्णुराम प्रजा ( चेपाङ ) ले यसपटक जिल्ला अध्यक्ष चलाउने दाबी गरेका छन् । मनहरी गाउँ कार्यकारिणी समितिका पूर्व अध्यक्ष समेत रहेका पूर्णबहादुर प्रजा (चेपाङ) समेत यसपटक जिल्ला नेतृत्वको निम्ति दौडधूपमा लागेका छन् ।
यसपटक अध्यक्षमा दाबी गर्नेहरु राजनीतिक रुपमा दुई ठूला पार्टीका छन् । बामपन्थी उम्मेदवारका रुपमा दिनेश देखिएका छन् भने बिष्णुराम प्रजा नेपाली काँग्रेसका प्रभावशाली जिल्ला नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सहसचिव समिति भइसकेका नेतामा गनिन्छन् ।
जिल्ला अधिवेसनका लागि प्रतिनिधिको दायरा कस्तो बनाउने भन्नेबारे सचिवालय तयारी गरिरहेको छ । संघले ३ नं प्रदेशको अधिवेसन भदौ १४ गते र गण्डकी प्रदेशको अधिवेसन भदौ ७ गतेलाई तोकेको छ । मकवानपुरको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिका चेपाङ बाहुल्यता बढी रहेको छ भने हेटौँडा उपमहानगर, भीमफेदी, बकैया लगायत गाउँपालिकामा पनि बसोबास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here