मनहरी–नेपाल क्योकुशिन कराँते डोजो मनहरी शाखाको दोस्रो वार्षिकोत्सबको अवसरमा शनिबार बेल्ट टेष्ट गरिएको छ । एकबर्षअघि सुरु गरिएको कराँते प्रशिक्षण कार्यलाई निरन्तरता दिँदै शाखाले २१ जना खेलाडीको बेल्ट टेस्ट गरी अपग्रेड गरिएको छ ।
४० जना प्रशिक्षार्थीलाई बेल्ट टेष्टमा सहभागी गराइएको छ । बेल्ट टेष्टमा सहभागी मध्ये २१ जना प्रशिक्षार्थीहरु अपग्रेड गरिएको प्रशिक्षक लवाङ दोर्जे लामाले बताए । नेपाल क्योकुसिन कराँते संघ केन्द्रीय सचिव रोशन कपालीको प्रमुख उपस्थितिमा मकवानपुर क्योकुसिन कराँते संघका बुद्धिनाथ न्यौपाने, बिष्णु श्रेष्ठ, कुमार राई, लोकेन सिग्देल, नविन सिग्देल लगायत प्रशिक्षकहरुको उपस्थितिमा बेल्ट टेस्ट कार्यक्रम भएको हो ।
बेल्ट टेस्टका क्रममा ग्रीन बेल्टमा ३ जना, ब्लु बेल्टमा ११ जना र ओरेन्ज बेल्टमा ७ गरी २१ जना खेलाडीको बेल्ट अपग्रेड गरिएको थियो । बेल्ट अपग्रेट भएका खेलाडीहरुलाई प्रदेश नम्बर ३ का सांसद ओम बहादुर घलान (प्रदीप) ले प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद घलानले खेलाडीहरुको स्तरोन्नतिका लागि सरकार प्रतिवद्ध रहेको बताए । कार्यक्रममा पूर्व खेलाडी बीरु लामा, राष्ट्रिय युवा संघका नेता नवीन सुवेदी, प्रशिक्षक कुमार राई लगायतले खेलको महत्वका बारेमा धारणा राखेका थिए ।
नेपाल क्योकुशिन कराते मनहरी शाखाका अध्यक्ष नारायण श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा बिमला घलानले स्वागत गरेका थिए । कार्यक्रममा क्रममा खेलाडीहरुले काता प्रदर्शन गरी कलाकौशल प्रस्तुत गरेका थिए ।