हेटौँडा–रोटरी कल्ब अफ हेटौंडाले हेटौँडा औद्योगिक क्षेत्रमा २ सय थान तेजपत्ताको बिरुवा रोपेको छ । कमाने गेटदेखि खानेपानी ट्याङ्की हुँदै उद्योग संघको कार्यालयसम्म सडकको दायाँ बायाँ हुनेगरी बिरुवा रोपिएको क्लवले जानकारी दिएको छ ।
औद्योगिक क्षेत्रको सौन्दर्यबृद्धिका लागि तेजपत्ताका बिरुवा रोपिएको क्लवका अध्यक्ष इन्द्रप्रसाद नेपालले जानकारी दिए । उद्योगधन्दा भएको स्थानमा भीडभाड र उराठलाग्दो अबस्थालाई परिवर्तन गर्नका लागि बृक्षरोपण गरी पहल गरिएको उनले बताए ।
बृक्षरोपण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो भने उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, सिद्धार्थ बैक लिमिटेडका शाखा प्रबन्धक अर्पण संजेलले मन्तव्य शुभकामना व्यक्त गरेका थिए । निवर्तमान अध्यक्ष लेखराज पोखरेलज्यूले स्वागत सहित कार्यक्रमको उद्देश्य र औचित्यबारे जानकारी दिएका थिए भन सचिव प्रमेश प्रधानले कार्यक्रमको सञ्चालन गरेका थिए ।
बृक्षरोपणका लागि सिद्धार्थ बैक लिमिटेड, सिएसआई नेपाल र खजुरीको नेपालले आर्थिक सहयोग र उद्योग संघ मकवानपुर र हेटौंडा अद्यौगिक क्षेत्र व्यवस्थापन कार्यालयले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा हेटौंडा वडा नं. ८ का वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठ, औद्योगिक क्षेत्रमा रहेका शसस्त्र प्रहरी बलका गुल्मपति विनोद खतिवडा लयागत प्रहरी वलका जवानहरु, रोटरिएनहरु, रोट्रयाक्ट सदस्यहरु, बैँकर्स र कर्मचारी एबम् उद्योगी र मजदुरहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here