मनहरी–राप्तीखोलाबाट बालुवा ल्याएको भन्दै दुईवटा ट्रेक्टर इलाका प्रहरी कार्यालय मनहरीले पक्रेको छ ।
शुक्रबार बिहान दुईवटा ट्रेक्टर पक्रेर आवश्यक कारबाहीको लागि पर्सा राष्ट्रिय निकुन्जको लामिटार सेक्टर कार्यालयमा पठाइएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले ट्रेक्टरहरु निषेधित क्षेत्रमा गएकाले पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका ट्रेक्टरहरुमा ना ६ त २२८८ र ना ३ त १२३९ रहेको प्रहरीले जानकारी दिएको छ ।
यसअघि मध्यवर्ती उपभोक्ता समितिको सक्रियतामा पनि ४ वटा ट्रेक्टरलाई आवश्यक कारबाहीको लागि निकुन्जको सेक्टर कार्यालय पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here