मनहरी–असार १ गतेदेखि असोज १ गतेसम्मका लागि प्राकृतिक स्रोत साधनको उत्खनन्, निकासी, ओसारपसार बन्द हुने गर्छ ।
तर, मकवानपुरको मनहरी गाउँपालिकाभित्र भने रातारात राप्तीखोलाको बगरबाट बालुवा चोरी हुने गरेको छ । मनहरीको वडा नं ६, ८ र ९ मा पर्ने राप्ती किनार क्षेत्रबाट रातारात ट्रेक्टरवालाहरुले बालुवा संकलन गरी थुपार्ने गरेका छन् ।
सोही क्रममा मध्यवर्ती उपभोक्ता समिति, नेपाली सेना तथा नेपाल प्रहरीसँगको समन्वयमा दुई रातमा गरी चारवटा ट्रेक्टरलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका ट्रेक्टरहरुलाई पर्सा राष्ट्रिय निकुन्जमा पठाइएको बताइएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङले बताए ।
नियन्त्रणमा राखिएका ट्रेक्टरहरुमा मनहरी ९ ज्यामिरेका २ वटा र सिमपानीतर्फका २ वटा रहेको बताइएको छ ।
मनहरीमा लामो समयदेखि गिटी, बालुवा, ग्रेवल उत्खनन् र निकासीमा विभिन्न किसिमका समस्याहरु आइरहेका छन् । फर्म दर्ता नै नगरी गिटीबालुवाको कारोबार भइरहेको छ भने कतिपय फर्महरुले भ्याट बिल नदिनेगरेको पाइएको छ ।
यसैबीच जिल्ला समन्वय समिति मकवानपुरले मकवानपुरका क्रसर उद्योगहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here