मनहरी–मकवानपुरमा पाइने प्राकृतिक चिउरी तथा गिट्ठा भ्याकुरहरुको संरक्षण गर्दै आनुबंशिकतासहितको अधिकारका लागि बहस सुरु गरिएको छ ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले तयार पारेको आनुबंशिक स्रोतमा पहुँच, उपयोग र लाभको बाँडफाँडका सम्बन्धमा व्यवस्थापन गर्न बनेको मस्यौदा बिधेयकका सम्बन्धमा मकवानपुरका वन अभियन्ताहरु, संरक्षणकर्मी, स्थानीय तह तथा जनजाति समुदायसँग छलफल गरिएको हो । सो क्रममा मकवानपुरमा प्राकृतिक स्रोतमा आधारित चिउरी, गिट्ठाभ्याकुर, घोँघी, मास, भटमास, गहत जस्ता उत्पादनहरुको बारेमा छलफल भएको थियो । ती बस्तुहरुको स्वामित्व तथा आनुबंशिताको पहिचान नखुलेकाले यसलाई ‘ब्राण्डिङ’ गरिनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
अहिले नेपालमा उत्पादित प्राकृतिक बस्तुहरुको आनुबंशिता चीन तथा भारतले समेत लिइरहेको पाइएकाले त्यसलाई अन्तर्राष्ट्रिय रुपमा नेपालले ब्राण्डिङ गर्नुपर्ने माग उठेसँगै बिधेयक तयारी गरिएको हो ।
मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती वन डिभिजन कार्यालय मनहरीका प्रमुख दीर्घनारायण कोइराला, मध्यवर्ती उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ, विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरु, जनजाति नेताहरु सहभागी थिए । कार्यक्रम जनहीत सामुदायिक वन उपभोक्ता समूह हेटौँडा १९ बस्तीपुरमा आयोजना भएको हो ।
बिधेयकले आनुबंशिक स्रोतमा पहुँच र लाभाको बाँडफाँटका लागि प्रदेश स्तरीय र स्थानीय तह स्तरीय समिति गठन गर्ने व्यवस्था गरेको राप्ती वन डिभिजन कार्यालयका प्रमुख दीर्घनारायण कोइरालाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here