अमेरिका । अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपालीले भिजिट नेपाल २०२० को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक शुरु गरेका छन् ।

प्रवासमा बस्ने नेपालीले मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैरआवासीय नेपालीको नेपालसँगको भावनात्मक सम्बन्धलाई मुलुकको वृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को गरेका छन् । पछिल्ला वर्षहरूमा विश्वका विभिन्न राष्ट्रहरूमा गैरआवासीय नेपाली संघ अन्तर्गत संगठित भई उनीहरूले विभिन्न अभियान तथा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन् ।

यसै सिलसिलामा जुलाई २१ मा आयोजित गैरआवासीय नेपाली संघ अमेरिका मेरिल्याण्ड च्याप्टरको कार्यक्रममा च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेले नेपाली मूलका स्टेट डेलिगेट ह्यारी भण्डारी र महावाणिज्य दूत प्रेमराजा महतको हातबाट ‘आफू पनि नेपाल जाऔँ, अरुलाई पनि नेपाल पठाऔँ’ भन्ने नारासहितको ब्यानर संयुक्त रूपमा सार्वजनिक गराउँदै अभियान विधिवत शुरुआत गरेका हुन् । च्याप्टरको प्रथम बैठकले संस्थाका उपाध्यक्ष राजु पराजुलीलाई भिजिट नेपाल २०२० अभियानको लागि संयोजक चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here