स्वीटर बोकेर भार्ता पुगिन पूर्वसांसद सिग्देल

राक्सिराङ–पुस २८ गते । कैलाश गाउँपालिका ८ स्थित धुवाङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर बितरण गरिएको छ ।

बागमती प्रदेश सभाकी पूर्व सांसद एवम पूर्व मिस नेपाल शृंखला खतिवडाकी आमा मुनु सिग्देलले विद्यालयमै पुगेर स्वीटर बितरण गर्नु भएको हो ।

साना कक्षामा अध्ययनरत १५० जना बालबालिकालाई स्वीटर उपलब्ध गराइएको हो ।

आफ्ना पिता हरिप्रसाद सिग्देलले पन्चायतकालको कठीन परिस्थितिमा अध्यापन गराउनु भएको विद्यालयमा पिताकै सल्लाह अनुसार स्वीटर गरिएको सिग्देलले बताउनु भयो ।

पन्चायती कठीन ब्यबस्थामा आफ्ना पिताले गाउँमा पुगेर गराएको अध्यापनको रापतापले भार्तामा राजनीतिक चेतनाको बीउ रोपिएको स्मरण गर्दै सिग्देलले अहिले पनि धुवाङ माविसँग आफ्नो परिवारको भावनात्मक सम्बन्ध रहेको बताउनु भयो ।

“केही दिन अघि छोरी (पूर्व मिस नेपाल) यस क्षेत्रको भ्रमणमा आउँदा समेत बालबालिकालाई जाडोबाट जोगाउन स्वीटर बितरण गर्ने कुरा गरेकी थिइनु, पूर्व सांसद सिग्देलले भन्नुभयो “हाम्रो सानो सहयोगले बालबालिकाको लागि ठूलो राहत हुने भएकाले तत्कालै स्वीटर बितरण गरेका हौं ।”

स्वीटर बितरण कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष राजेश लामा, प्रधानाध्यापक देवराज स्याङ्तान, संचारकर्मी शिवकुमार काशी, युवा संघ नेपाल मकवानपुर उपाध्यक्ष सफल अधिकारी, जिल्ला सदस्य बलराम स्याङ्तान (बलराम) लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here