सूर्याेदय माविको ५७ औं अभिभावक भेला सम्पन्न

राक्सिराङ–पुस १३ गते । राक्सिराङ गाउँपालिका वडा नम्बर ३ सरिखेत अवस्थित सूर्याेदय माविको ५७ औं अभिभावक भेला सम्पन्न भएको छ ।

अभिभावक भेलालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विद्यालय सुधारका लागि पुर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमकार घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा, प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, विशेष अतिथि उपाध्यक्ष बनस्तम थिङ, कार्यकारी अधिकृत देवचन्द्र गर्तैला लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्व विद्यायल व्यवस्थापन समितिका पदाधिकारीहरुलाई सम्मान, कक्षागत रुपमा परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

साथै शिक्षक परिवार, गाउँपालिकालाई मायाको चिनो, वृद्ध बुबालाई सम्मान तथा विद्यालय भवन निर्माणका लागि भूमिदान गर्नेलाई समेत सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here