लोकहित उपभोक्ता समितिद्वारा खेलाडीलाई जर्सी बितरण

मनहरी–असार १७ गते । मनहरी गाउँपालिका वडा नं १ का खेलाडीहरुलाई उत्साहित पार्नका लागि खेलकुद जर्सी उपलब्ध गराइएको छ ।

पर्सा राष्ट्रिय निकुन्ज अन्तर्गतको लोकहित उपभोक्ता समितिले खेलाडीहरुलाई १३ थान जर्सी उपलब्ध गराएको हो ।

उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर मुक्तानको अध्यक्षतामा भएको जर्सी हस्तान्तरण समारोहमा समितिका उपाध्यक्ष गणेशप्रसाद बर्ताैला, सचिव किरण थापा, मकरी पर्ता झुल्यान टोल विकास संस्थाका सचिव बद्रीप्रसाद उप्रेती लगायत सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी फुटबल प्रशिक्षक बिशाल लामा, जनजागृति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यबहादुर पराजुली, किराँतेश्वर कृषि सहकारी संस्थाका अध्यक्ष रामप्रसाद उप्रेती, हाँडीखोला बृहद् खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर मुक्तान, नवीन मेमोरियल इंग्लिस स्कूलका अध्यक्ष श्यामप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

जर्सी बितरण समारोहपछि खेलाडीहरुले सबै क्षेत्रले सहयोग र सद्भाव राखेमा मात्र खेल क्षेत्र फस्टाउने विचार ब्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here