रोटरी माविमा महिला हिंसा विरुद्ध गीति नाटक प्रस्तुत

मनहरी– मंसिर १८ गते । मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित राष्ट्रिय रोटरी माविमा महिला हिंसा विरुद्धको गीति नाटक प्रस्तुत गरिएको छ ।

No description available.

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत महिला हिंसाका विषयमा गीति नाटक प्रस्तुत गरेको हो । साथै उक्त विद्यालयमा अध्ययनर विद्यार्थीहरुविच बत्तृmत्वकला समेत भएको छ ।

No description available.

लागुपदार्थ दुव्र्यसनले समाजमा निम्त्याएका समस्यहरु विषयक बत्तृmत्वकलामा रश्मी बानियाँ प्रथम भएकी छिन भने रेजिना प्रजा दोस्रो भइन् ।

त्यस्तै निर्जला ब्लोन तृतिय हुँदा सुस्मिता अर्याल सान्तवना बन्न सफल भइन् । जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस्तै कार्यक्रममा मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर, विद्यालयको अभिभावक विद्यार्थी संघकाअध्यक्ष बाबू थिङ, माइती नेपाल, मकवानपुर महिला समूह, शान्ती फाउन्डेसन लगायतका संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here