राष्ट्रिय रोटरी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः बानियाँ चयन

मनहरी–फागुन १९ गते । मनहरी ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः शालिकराम बानियाँ चयन हुनुभएको छ ।

शुक्रबार भएको २६ औँ अभिभावक भेलाले बानिँयाको अध्यक्षता नयाँ कार्य समिति चयन गरेको हो । सदस्यहरु खिल बहादुर खाती, विनय प्रजा, रन्जिता गोले, सिता पुलामी मगर, ठम कुमार गौतम, गंगादेबी स्यांतान र सदस्य सचिवमा गोविन्द प्रसाद पौडेल चयन भएका छन् ।

साथै भेलामा प्रधानाध्यापक पौडेलले विद्यालयको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्ततु गर्नुभएको थियो । भेलाको प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान रहनुभएको थियो ।

साथै भेलामा बागमती प्रदेशका निवर्तमान सांसद तथा मनहरी वहुमुखी क्याम्पस समितिका अध्यक्ष ओम बहादुर ग्लान, राजनैतिक दलको तर्फबाट नेपाली कांग्रेस मनहरी गाउँ कमिटिका सभापति प्रकाश बर्तौला, प्यव्सन मनहरीका अध्यक्ष तथा रेडियो मनहरी एफएमका स्टेशन म्यानेजर शिव कुमार रिजाल, पूर्व अध्यक्षहरुबाट गौतम लामा लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here