राक्सिराङमा सामुदायिक वन उपभोक्ता समुहहरुबीच समन्वय बैठक

राक्सिराङ–असार ८ गते । राक्सिराङ गाउँपालिकाको विभिन्न सामुदायिक वन उपभोक्ता समुहहरुबीच चौमासिक समन्वय बैठक सम्पन्न भएको छ ।

सब डिभिजन वन कार्यालय राक्सिराङको आयोजनामा राक्सिराङ ३ पलाँसेमा बैठक सम्पन्न भएको हो । बैठकमा साबिकको सरिखेत गाविसस्तरिय वन समुहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

वन समुहको अवस्था, अगामी योजना, भोगिरहेका समस्या र चुनौतीलगायत बिषयमा संयुक्त रुपमा छलफल गरिएको हो । बैठकमा सब डिभिजन वन कार्यालय राक्सिराङका सहायक वन अधिकृत दिनेश सत्यालले सामुदायिक वनको समग्र अवस्था र चुनौतीलगायत बिषयमा सहजीकरण गर्नुभएको थियो ।

उहाँले वन समुहका कार्यसमितिको जिम्मेवारी, दायित्व र चुनौतीबारे बोल्नुहुदैँ समितिको लेखाप्रणाली तथा अन्य गतिविधि चुस्त दुरुस्त राख्न आग्रह गर्नुभयो । त्यस्तै उहाँले आर्थिक बर्ष समाप्तीसँगै वन समुहहरुले गर्नुपर्ने विभिन्न कामहरुको बारेमा जानकारीसमेत दिनुभयो ।
बैठकमा राक्सिराङ ३ का सिद्धार्थ हरियाली सामुदायिक वन, बनकाली सामुदायिक वन, भर्यागंकाली सामुदायिक वन, राक्सिराङ २ का सुरागे सामुदायिक वन र राक्सिराङ १ को मेन्दोलिङ्ग सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

सब डिभिजन वन कार्यालयका अधिकृत सुजन मोक्तानले सहजीकरण गर्नुभएको बैठकमा असार १४ गते राष्टिय बृक्षारोपण दिवस पनि विविध कार्यक्रम गरि मनाउने निर्णय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here