रजत जयन्तीको अवसरमा साना किसानद्वारा सप्ताहव्यापी कार्यक्रम घोषणा

मनहरी–जेठ २१ गते । साना किसान सहकारी संस्था मनहरी ८ ले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम घोषणा गरेको छ ।

जेठ २१ गते आइतबार पत्रकार सम्मेलन गर्दै संस्थाले कार्यक्रम घोषणा गरेको हो । कार्यक्रमको पहिलो दिन २१ गते साँझ पत्रकार सम्मेलन गरेको छ ।

समस्त कार्यक्रमको बारेमा जानकारी दिनका लागि पत्रकार सम्मेलन गरिएको हो । २२ गते विहान ७ बजे वातावरण दिवसको अवसरमा मनहरी ७ रमौली स्थित चुरियामाई मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको संस्थाका प्रवन्धक ज्योती सुवेदीले बताउनुभयो ।

त्यस्तै २३ गते बिहान ७ बजे संस्थाको कार्यालय सभाहलमा रक्तदान, २४ गते बिहान ७ बजे गरिवि न्यूनिकरणमा साना किसानको भूमिका विषयमा मनहरी गाउँपालिका अन्तर्गतका मावि स्तरीय वक्तित्वकला प्रतियोगिता, २५ गते बिहान ७ बजे आधुनिक प्रविधि र प्रतिस्पर्धात्मक अवस्थामा संस्थापक सदस्यहरुको भुमिका र महत्वका विषयमा अन्तरक्रिया एवम् प्रशिण र कृषक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम रहेको छ भने अन्तिम दिन २६ गते बिहान ७ बजे संस्थाको आधुनिक सभाहल भवनको उद्घाटन र सहकारीकर्मी सम्मान तथा पुरस्कार कार्यक्रम रहेको सुवेदीले बताउनुभयो ।

पत्रकार सम्मेलन संस्थाका अध्यक्ष बिमला कार्कीको सभाध्यक्ष तथा मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा संस्थाका संस्थापक अध्यक्ष एकराज उप्रेतीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा शुभकानमा मन्तव्य व्यक्त गर्नुहुँदै प्रमुख अतिथि उप्रेतीले साना किसान सहकारीका कारण यस भेगमा जनसमुदायहरु वित्तिय तथा गैह्र वित्तिय सेवा लाभ गरिरहेको भन्दै आगामी दिनमा सेवाका क्षेत्रहरु विस्तार गर्दै फराकिलो छाती बनाएर जानुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै रेडियो मनहरी एफएमका स्टेशन म्यानेजर शिव कुमार रिजाल (काशी) ले पालिकाभर फैलिरहेको गैह्रकानुनी मिटरब्याजी, ढुकुटी व्यवस्थापनमा सहकारीको चासो हुनुपर्ने बताउनुयो । त्यस्तै बजार भाउ महंगो भएको भन्दै सहकारीले यसमा ध्याद दिएर चाड पर्व लक्षित सहुलियत पसल सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको समपान गर्नुहुँदै कार्कीले सहकारी सदैव जनताको पक्षमा काम गर्न तल्लिन रहेको बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेती, इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक कृष्ण प्रसाद ढकाल, उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेशमान मानन्धर लगायतकाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here