महेन्द्र किरणका विद्यार्थीलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

मनहरी–पुष ६ गते । मनहरी गाउँपालिका वडा ८ मा अवस्थित महेन्द्र किरण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

बुधबार मनहरी गाउँपालिका वडा नम्बर ८ को कार्यलयमा वडाका वडा अध्यक्ष नारायण उप्रेतीको उपस्थितिमा ६ जनालाई खाद्यान्न सहयोग गरिएको हो भने ३७ जना विद्यार्थीहरुलाई न्यानो कपडा स्वरुप स्वेटर र मोजा वितरण गरिएको सिविन नेपाल मकवानपुर मनहरीका सामाजिक परिचालक राजेन्द्र कुमार मुक्तानले बताउनुभयो ।

सहयोग वितरण कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष नारायण उप्रेती, बिद्यालयका प्रध्यानध्यापक शिव रिमाल र सामाजिक परिचालक राजेन्द्र कुमार मुक्तान को उपस्थितिमा सहयोग बितरण गरिएको हो ।

विभिन्न समस्याका कारण शिक्षाबाट बञ्चित भइ बाल श्रममा जान बाट जोगाउन बालश्रम न्यूनीकरण परियोजना अन्तर्गत वडा कार्यलयको समन्वयमा सहयोग गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here