मनहरी २ का तेह्र योजना समिति र पाँच टोल सुधार समितिका पदाधिकारीलाई अभिमुखिकरण

मनहरी–भदौ २४ गते । मनहरी गाउँपालिका वडा नम्बर २ ले वडा भित्र योजना तर्जुमा तथा कार्यान्वयनका लागि गठित उपभोक्ता समितिलाई एक दिने अभिमुखीकरणकार्यक्रम गरिएको छ ।

उक्त वडामा १३ वटा योजना समिति निर्माण भएकोमा उक्त योजनाका पदाधिकारीहरु अध्यक्ष, कोषध्यक्ष र सचिव र ५ वटा टोल विकास संस्थाका प्रतिथिधिहरुलाई अभिमुखीकरण गरिएको हो ।

तालिममा योजना कसरी सञ्चालन गर्ने विषयमा शाखागत प्रमुखहरुबाट अभिमुखीकरण गरिएको थियो । तालिममा योजना कसरी सञ्चालन गर्ने विषयमा शाखागत प्रमुखहरुबाट अभिमुखीकरण गरिएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा कार्यान्वयन हुने योजना सञ्चालनका लागि गठित योजना समितिका पदाधिकारीहरुको लागि उक्त कार्यक्रमको आयोजना गरिएको उक्त वडाका वडा अध्यक्ष राजकुमार पाख्रिनले बताउनुभयो ।

वडा अध्यक्ष पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा योजना शाखाका प्रमुख राजेन्द्र चौलागाई, लेखा शाखाका प्रमुख राजेन्द्र भटराई र प्राविधिक टुकुराज चौधरीले अभिमुखिकरण गराउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here