मनहरी गाउँपालिकाद्वारा नारी दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना

मनहरी–फागुन १८ गते । मनहरी गाउँपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिबिध कार्यक्रम आयोजन गरी मनाउने भएकोछ ।

फागुन २४ गते (मार्च ८) अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक दिन अगावै अर्थात २३ गते बुधबार गाउँपालिकाले विविध कार्यक्रम गरी मनाउने भएको हो ।

मनहरी गाउँपालिकाका उपाध्यक्ष सिता पुलामी मगर (रेखा) ले कार्यक्रमको विषयमा जानकारी दिनुहुँदै आधा आकाश ढाकेका महिलाहरु अझै पनि स्वतन्त्रताको लागि संघर्ष गरि रहनु परेको अवस्था रहेको भन्दै आत्मनिर्भर बन्न तर्फ लाग्नुपर्ने बताउनुभएको छ ।

बदलिदो परिवेशलाई आत्मसाथ गर्दै घरपरिवार, समुदाय र सिङ्गो राष्ट्रलाई मजबुद बनाउन हरेक महिला सक्षम हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

जसका लागि मनहरी गाउँपालिकाले पनि महिलाको क्षेत्रमा महिलाहरुलाई सक्षम बनाउनकोलागी गाउँपालिका र विभिन्न दातृ निकायहरुसङ्गको सहकार्यमा सिपमुलक तालिम, ब्यबहारिक शिक्षा, सचेतना अभिबृद्धि, छात्राहरुलाई छात्राबृत्ति, लघु उद्धमी बन्न सहयोग लगायतका कार्यक्रम सञ्चालन गरिरहेको र आगामी दिनमा अझै महिला मैत्री पालिका बनाउन लागि पर्ने बताउनुभयो ।

साथै यो एउटा महिलाहरुको उत्सबको दिन भएको भन्दै कार्यक्रममा सहभागी भई सफल बनाईदिनुहुन समस्त मनहरीका दिदिबहिनिहरुमा आग्रह समेत गर्नुभयो ।

दिवसकै दिन कार्यक्रम गर्दा अन्य संघ सस्थाहरुको पनि कार्यक्रम एकै समयमा हुँदा कार्यक्रम जुध्ने भएकोले कार्यक्रम दिवसकै दिन भन्दा एक दिन अगाडि मनाउन लागिएको मनहरी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारिले जानकारी दिनुभयो ।

कार्यक्रममा महिला महिला बिच घैटो फुटाई, म्युजिकल चेयर र मनहरी गाउँपालिका सङ्ग सम्बन्धित रहेर हाजिरी जवाफ प्रतियोगिता सन्चालन हुनेछ ।

कार्यक्रममा महिला जनप्रतिनिधि, राजनैतिक दलका महिला प्रतिनिधि, महिला प्रदायक संघ सस्थाहरुको प्रतिनिधी, गाउँपालिका महिला कर्मचारी लगायतको सहभागिता रहने कार्यक्रम मनहरी ३ लामिटारमा अवस्थित गाउँपालिकाको सभाहलमा हुने अधिकारिले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here