मनहरी महोत्सवमा मट्का चिया बेच्दै मनहरी क्याम्पसका विद्यार्थी

मनहरी–माघ १८ गते । मनहरी गाउँपालिका ८ स्थित मनहरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु चिया बेच्न मनहरी महोत्सव पुगेका छन् । क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको अगुवाईमा विद्यार्थीहरुले महोत्सव स्थलमा मट्का चिया (माटोको भाँडोमा पकाउने र माटोकै गिलासमा दिइने) बेचेका हुन् ।

आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिसँग अनुरोध गरी स्टल प्राप्त गरेका विद्यार्थीहरुले चिया बेचेर आफ्ना शैक्षिक गतिविधिहरु बढाउनका लागि चिया बिक्री गरेको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष कुमार घिसिङले बताउनुभयो ।

‘हामीले हाम्रा शैक्षिक गतिविधिहरु गर्नका लागि केही आर्थिक जोहो गर्नका लागि चिया बेच्ने निधो ग¥यौँ’, घिसिङले भन्नुभयो । पहिलो दिन १० लिटर दूध खपत हुनेगरी चिया बिक्री गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

क्याम्पसको आर्थिक जीवन कष्टकर र दयनीय भइरहँदा विद्यार्थीहरुले आफ्ना लागि आफैले कमाउन सक्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि चिया बेच्ने कार्यलाई अघि बढाइएको घिसिङले बताउनुभयो । चिया स्टलमा घिसिङसँगै उहाँसँग अध्यक्षका प्रत्यासी बन्नु भएका सुनिल लम्सालसहित स्ववियुका पदाधिकारीहरु सहभागी हुनु भएको छ ।

माघ १६ गते सुरुवात भएको पाँचौ मनहरी महोत्सव २८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय परिकार र उत्पादनका स्टलसहित १५० वटा स्टल छन् । स्थानीय माछा, तामा, मास, गहत दलहन, चेपाङ जातिले जीवनयापनका लागि उपभोग गर्ने गिट्ठा भ्याकुर, बनकरिया समुदायद्वारा उत्पादित साबुन, कैलाश गाउँपालिकाको तर्फबाट कुरिलोसहितका कृषि उत्पादनका बस्तुहरु, राक्सिराङ गाउँपालिकामा उत्पादित कृषिजन्य बस्तु तथा फापरको मम, सेलरोटी लगायतका स्थानीय बस्तुहरुलाई महोत्सवमा प्रबद्र्धन गरिएको छ ।

साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, विभिन खेलहरुसहितको बाल उद्यान, होटल, कपडा, फलामे उत्पादन, इलेक्ट्रोनिक्स सामानहरुसहितका स्टलहरुको व्यवस्थापन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here