मनहरीमा बिधार्थीका लागि बाल अधिकार सम्बन्धि २ दिने तालिम शुरु

मनहरी–पुष ०५ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले बिधार्थीहरुलाई बाल अधिकार सम्बन्धि मनहरीमा २ दिने तालिम शुरु गरेकोछ ।

पशुपतिनाथ माबि मनहरी ४ का १३ जना, राष्ट्रिय रोटरी माबि मनहरी ७ का १५ जना र एक-एक जना शिक्षक प्रतिनिधीगरी ३० जना सहभागीता रहेकोछ ।

बिधालयमा गठित बाल अधिकार समूहमा आबद्द बालबालिकाहरु सहभागी रहेको तालिममा बाल अधिकार र बाल अधिकार चेतना समूहका लागि क्षमता अभिवृद्धि तालिम प्रदान गर्न लागिएको इन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीले बताउनुभयो ।

पौष ५ र ६ गते गरी दुई दिन संचालन हुने तालिममा बालबालिकाहरुलाई बाल अधिकारको सामान्य ज्ञान, राष्ट्रिय अन्तराष्ट्रिय कानुनी ब्यबस्था, नेपालको संबिधानमा उल्लेखित ब्यबस्था, बाल अधिकार किन बेग्लै महासंधिका रुपमा आयो जस्ता बिषयमा जानकारी तथा छलफल गराई बाल बालिकालाई सचेतना एबं क्षमता अभिवृद्दि गराईने संयोजक भण्डारीले बताउनुभयो ।

मनहरी र राक्सिराङ गाउँपालिका कार्य क्षेत्र रहेको संथाले मानव अधिकारका क्षेत्रमा कार्य गर्दै आईरहेको छ भने पालिकाको प्रत्येक बिधालयमा बाल अधिकार समूह गठन गरिसकेको छ ।

बालबालिकाहरुलाई बाल अधिकार एबम् मानव अधिकारका सवालमा सचेत गराउन सके भावि दिनमा मानव अधिकार र बालअधिकार जस्ता संबेदनशिल बिषयमा सचेत नागरिक एबं सभ्य समाज निर्माणमा सहयोग पुग्ने रोटरी माबिका सहायक प्रअ तथा संरक्षक शिक्षक सादुराम रिजाल बताउनुभयो ।

ईन्सेक बागमती प्रदेशका संयोजक गणेश भण्डारीको सभाध्यक्षतामा पशुपतिनाथ माबिका संरक्षक शिक्षक ईश्वर रिजाल, रोटरी माबिका सहायक प्रअ तथा संरक्षक शिक्षक साधुराम रिजाल, रेडियो मनहरीका प्रबन्ध निर्देशक शिब कुमार रिजाल (काशी), ईन्सेक फोकल पर्शन बालुका न्यौपाने लगायतको आतिथ्यता रहेको थियो भने स्वागत तथा उद्धेश्य बालुका न्यौपाने र ईन्सेकको अभियान सम्बन्धि शिब कुमार रिजालले प्रकाश पार्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here